शेयर बजारमा एकै दिन १६ अर्ब ९० करोड रुपैयाँको कारोबार

Share_nepse_market

जेठ २०, पोखरा,

नेप्से परिसूचक बिहीवार (आज) साढे २९ अङ्कले बढेको छ । परिसूचक २९ दशमलव ५५ अङ्कले बढेर २८ सय ५६ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १६ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरका तीन करोड ४६ लाख कित्ता शेयर किनबेच भएको हो ।

आज व्यापार, जलविद्युत्, निर्जीवन र अन्य समूहबाहेक अरू समूहको परिसूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १४६ दशमलव ०२ अङ्कले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज मन्जुश्री फाइनान्स लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड र राधी विद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।