चिल्ड्रेन–नेपालद्धारा १२५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण

children-nepal

असार २८, कास्की,


कोभिड १९ को महामारीबाट रोजगारी गुमाएका पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने दलित तथा बिपन्न परिवारका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
१२५ परिवारका ५२३ सदस्यहरुलाई कोभिड १९ बारे जनचेतना सहित खाद्यान्न, औषधी र कोभिड सुरक्षा सामाग्री बितरण गरिएको सो संस्थाले जानकारी दिएको छ । परिबार संख्या अनुसार सबै परिवारलाई एक महिनालाई पुग्ने गरि वितरण गरिएको सामाग्रीमा चामल, नुन, तेल, गेडागुडी दाल लगायतको खाद्यान्न तथा भिटामिन बी कम्प्लेक्स, भिटामिन सि, सिटामोल, थर्र्मोमिटर, सेनिटाईजर, साबुन, माक्स र स्वस्थ्य सचेतना पोष्टर लगायतका स्वास्थ्य सामग्री प्रत्येक बालबालिकाहरु र परिवारले प्राप्त गरेको बताइएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले चिल्ड्रेन नेपालले बिपन्न परिवारलाई गरेको सहयोगले हालको महामारीबाट सिर्जित समस्या समाधान गर्न सहयोग पुगेको बताउनु भएको छ । विपन्न बालबालिका र परिवार मात्र नभई चिल्ड्रेन नेपालले सडकमा रहेका सडक बालबालिकाहरुलाई पनि उद्धार, ब्यबस्थापन र संरक्षण गर्दै आइरहेको छ ।