जारी निषेधाज्ञामा घरभित्रै बसिरहँदा ध्यान दिनुपर्ने कुरा

home isoleson

जेठ ७, पोखरा,

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशका विभिन्न स्थान सहित कास्की जिल्लामा पनि आउँदो जेठ १४ गते सम्मकोलागि निषेधाज्ञा जारी रहेको छ । अत्यावश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध भएकोले घरभित्र बस्दा–बस्दा मानसिक समस्या समेत हुने गरेको पाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

दिन कटाउनकोलागि सामाजिक सञ्जालहरु हेर्दा त्यहाँ देखाएका कोरोना सम्बन्धि विभिन्न नकारात्मक सामग्रीहरूले झन् चिन्ता उत्पन्न गरिदिने मनोविश्लेषक बासु आचार्यको भनाई छ ।

उहाँका अनुसार सामाजिक सञ्जाल हेर्दा सकारात्मक खालका समाचारहरु पढ्नुपर्छ, नयाँ कुराहरु खोजी गरेर हेर्नुपर्छ । घरभित्रै गर्न सकिने शारिरीक व्यायाम गरेर, परिवारका सदस्यहरुसँग धेरै भन्दा धेरै समय विताएर पनि कोरोनाको त्रास कम गर्न मद्यत पुग्ने आचार्यले बताउनुभयो । साथै उहाँले आफ्नो खालि समयलाई सदुपयोग गर्दै कुनै रचनात्मक कामको थालनि गरेर पनि विचलित मनलाई सकारात्मकता तर्फ धकेल्न मद्यत पुर्याउने बताउनुभएको छ ।