कास्कीका १९७ सहित देशभर थप२,४४५ जनामाकोरोना संक्रमण पुष्टि

corona update

साउन ४, कास्की

सोमबार गण्डकी प्रदेशका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२७ जनामा गरिएको नमुना परीक्षणमा ४१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९७ जना सहि तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका १५ जना, नवलपुरका ५५ जना, स्याङ्गजाका ३०, पर्वतका ३९ जना, बागलुङका ७ जना र मनाङका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २९४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ ।

त्यस्तै सोमबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, बागलुङ, स्याङ्गजा र मनाङका एकएक जना र नवलपुरका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३१ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर २,४४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ६४ जनाको परीक्षणगर्दा थप २,४४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना सङ्क्रमित निको भएका छन् ।

यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।