कास्कीका २७४ सहित देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

corona update

साउन ७, कास्की

बिहीबार गण्डकीका ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२ जनामा गरिएको नमुना परीक्षणमा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २७४ सहित तनहुँका ३४ जना, गोरखाका ३९ जना, लमजुङका तीन जना, नवलपुरका ५७ जना र स्याङ्गजाका २१ जना, पर्वतका ५ जना, बागलुङका ३१ जना र म्याग्दी जिल्लाका ७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार १९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ ।

बिहीबार गण्डकीमा थप ३ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, तनहुँ र बागलुङका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४४ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर कोरोना भाइरसका संक्रमित लगातार थपिँदै गएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित बढ्दै गएका हुन् । बिहीबार २ हजार ७ सय १४ जनामा संक्रमण देखिएको हो । १२ हजार ८ सय २९ परीक्षणबाट २१ दशमलव १६ प्रतिशतम संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमित बढेर २७ हजार ३ सय ७५ पुगेका छन् ।

बिहीबार १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् । २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ९ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ ।