
असार ९, कास्की
बिहिबार देखि कास्की जिल्लाका स्थानीय निकायबाट दिईने विभिन्न सेवाहरु सञ्चालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहिबारदेखि शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्दामामिला, नागरिकता, नाबालक परिचय पत्र, विभिन्न सिफारिस, संघसंस्था दर्ता, नविकरण, भारतीय पेन्सन सिफारिस लगाएतको सेवा प्रवाह हुने जानकारी दिएको हो ।
भिडलाई कम गराउन सेवाका प्रकार अनुसार छुट्टै छुट्टै बारहरु तोकिएको छ ।

यसैबिच
यातायात व्यवस्था कार्यालय कास्कीले असार बिहिबार देखि नै सेवाग्राहीका लागि कार्यालय खोल्ने भएको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै सेवाग्राहीलाई सिमित टोकन वितरण गरि सेवा दिने जानकारी दिएको हो ।

कार्यालयका अनुसार सवारी साधन कर, आयकर, नवीकरण दस्तुर, ब्लुबुक नवीकरण, रुट परमिट नविकरण तथा नयाँ सवारी दर्ताको काम हुनेछ । बिहान ९ः३० देखि २०० वटा टोकनमात्र र एक व्यक्तिलाई बढिमा ३ वटा टोकन वितरण गरिने कार्यालयले जनाएको छ । साथै सवारी साधन सुचारु भएको ६० दिन भित्र कर तिर्न आएमा जरिवाना नलाग्ने कार्यालयले बताएको छ ।