पोखरामा गाई चोरेर काटेको अभियोगमा ३ जना पक्राउ

pakrau cow

भदौ १, कास्की,

पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बाग्लुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पुरुनचौरका ८३ वर्षीय केशर बहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर चोरी लगेको भन्ने खबर पाएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो ।
गोठभन्दा २ किमी पर लगेर उनीहरुले गाई काटेको अभियोग छ । सोही अभियोगमा उनीहरुलाई मंगलबार बिहान १० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।