एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट

mahila valibal

जेठ १४, काठमाडौं


नेपाल भलिबल संघ (एनभीए) ले एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट गरेको छ । संघले अगष्ट २९ देखि सेप्टेम्बर ५ (भदौ १३ देखि २० गते)सम्म फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट गरेको हो ।
संघका उपाध्यक्ष निरोज मास्केसहित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक जगदिश भट्टको छनोट समितिले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरेको हो ।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यू डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन्। यस्तै, भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् । यस्तै, संघले प्रशिक्षकमा जगदिश भट्ट र म्यानेजरमा निरोज मास्केलाई चयन गरेको छ ।