व्यवसायीलाई दुई चारदिन भित्र नै खोप उपलब्ध गराउने गण्डकीका कानुन मन्त्री थापाको आश्वासन

budha-bishal-bazar-mantri-thapa 1

साउन १४, कास्की,

पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोशियसनद्वारा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापालाई बधाई तथा शुभकामना दिदै व्यवसायीलाई चाडो भन्दा चाडो कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

एशोशियसनका पदाधिकारीहरूसँगको भेटमा मन्त्री थापाले व्यवसायीलाई दुई चारदिन भित्र नै खोप उपलब्ध हुने बताउनुभएको छ ।

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशववहादुर खत्रीको नेतृत्वमा गएको एशोशियसनको प्रतिनिधिमण्डल सँग कुरा गर्दै मन्त्री थापाले अहिले व्यवसायीलाई कोभिडविरुद्धको खोप आबस्यकता रहेको बताउदै आफु ब्यवसायी क्षेत्रबाट राजनितिमा आएकोले पनि व्यवसायीका पिरमर्का आफुले नजिक बाट बुजेको बताउनुभयो ।

थापाले राजनितिमा दुईथरिका मान्छे हुने बताउदै व्यवसायीहरू पनि क्रमश राजनितिमा आउनुपर्ने धारणा राख्नुभयो । व्यवसायीले व्यवस्थापन राम्रो गर्न सक्ने भन्दै राजनितिक तथा सामाजिक काममा समेत सफल हुन सक्ने उहाँको भनाई छ । मन्त्री थापाले आफुलाई लोभलालच केही पनि नभएको बताउदै आफुले सक्ने जति जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

भेटमा एशोशियसनका अध्यक्ष केशववहादुर खत्रीले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै राज्यलाई प्रत्यक्ष कर तिरेर व्यवसाय गरेका व्यवसायीलाई सरकारले खोप उपलब्ध नगराएकोमा दुःख ब्यक्त गर्नुभयो ।
टोलिमा एशोशियसनका महासचिव ईन्द्रराज अर्याल,सचिव बुद्वि कुवँर, कोषाध्यक्ष राजु के।सी एशोशियसनका प्रेस संयोजक तथा पत्रकार मनोहरि पौडेलको सहभागिता रहेको थियो ।