गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार : जसपाद्धारा सपथ ग्रहण कार्यक्रम बहिष्कार

sapath

साउन ८, कास्की,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार् गर्नुभएको छ । उहाँले आज (शुक्रबार) ६ जना सांसदलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग आजै दिउँसो सपथ लिएका छन् ।

माओवादीका तर्फबाट ३ जना थपिएका छन् । माओवादी संसदीय दलका उपनेता रामजी बराल (जीवन) आर्थिक मामिला तथा योजना मन्त्री, माओवादीकै दीपक थापा घर्ती मगर वन तथा वातावरण मन्त्री र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै कांग्रेस सांसदहरु कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री,, बागलुङका मणिभद्र शर्मा कँडेल उद्योग, पर्यटन मन्त्री र स्याङ्जाका मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।


गण्डकी प्रदेशको यो सरकारमा पनि एमालेका पृथ्वीसुब्बा गुरुङ्कै पालामा जस्तै ११ सदस्यीय मन्त्रीमण्डलमा जम्मा १ जना महिला पर्नुभएको छ । माओवादी केन्द्रबाट लमजुङकी सांसद मधु अधिकारी गुरुङ । काँग्रेसले ५ जनामा एक जना पनि महिलालाई मन्त्री बनाएन । जसपाकी धनमाया लामालाई पनि वर्तमान सरकारले पाखा लगाएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएपछि अरु ४ जनालाई विना विभागीय मन्त्री बनाउनुभएको थियो ।

जसपाका हरिशरण आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री, माओवादीकी मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री, कांग्रेसका कुमार खड्का सामाजिक विकास तथा भौतिक पूर्वाधार मन्त्री रहनुभएको छ ।
यसैबिच
जनता समाजवादी पार्टीका हरिशरण आचार्यले सपथ कार्यक्रमलाई बहिस्कार गर्नुभएको छ ।


हरिशरण आचार्य

कांग्रेसले आफ्नो पार्टिसँग गरेको सहमती कार्यान्वयन नभएको भन्दै उहाँले सपथ कार्यक्रम बहिस्कार गरेको सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ ।

प्रदेशमा काँग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाइसकेपछि जसपाका दुवै सांसदलाई मन्त्री पद दिने जसमा एक अर्थ मन्त्रालय रहने सहमति भएको थियो ।

आचार्यले नेपाली कांग्रेसको बेइमानी र माओवादीको डकैतीको साक्षी बस्नका लागि सपथमा सहभागी बन्न नसकेको भन्दै कांग्रेस भित्र देखिएको ओलि प्रवृत्तिको विरुद्धमा लड्ने चेतावनि दिनुभएको छ ।