गण्डकी प्रदेशमा जडीबुटीको खानि छः मन्त्री अधिकारी

jadibuti

असार २९, कास्की,

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको खानि भएको बताउनुभएको छ ।

गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्र्धन बाट प्रदेशको आयुर्वेदिक पर्यटन समेत विकास हुने बताउनुभयो ।

मानिसको जिवनशैली दैनिक रुपमा भोगबिलासी तर्फ गईरहेको अवस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको विकास, संरक्षण, विस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उनले जोड दिनुभयो । ग्रामिण भेगका जडिबुटीदेखि विश्व बजारमा बहुमुल्यमा बिक्री हुने जडिबुटीलाई राज्यले उचित व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

अहिलेको पछिल्लो कोरोना भाईरस संक्रमणले पनि खानपान र रहनसहनमा परिबर्तन आवश्यक रहेको चेतावनी मानवजातीलाई दिएको उल्लेख गर्दै यो अवस्थालाई एउटा अवसरको रुपमा लिएर हाम्रा सम्पतीलाई विश्व बजारमा बजारीकरण गर्न आवश्यक रहेकोमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले सीमित स्रोत साधनका बिचमा पनि गण्डकी आर्युवेद औषधालयले प्रगती गरेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने र मन्त्रालयले समन्वय गर्ने बताउनुभयो ।