गण्डकी प्रदेशमा अहिले सम्मकै धेरै एकैदिन ३० जनाको संक्रमणबाट मृत्यु पुष्टी, २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जनाले कोरोनालाई जिते

corona update

जेठ ५, पाखोरा,

गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।
यसैबिच कास्कीका १ सय ७६ जना सहित गण्डकी प्रदेशमा थप ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६ सय ८८ पुगेको छ । जसमा अहिले ९ हजार २ सय ७१ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बुधबार गण्डकीमा एकैदिन थप ३० जनाको मृत्यु पुष्टि भएको छ । एकैदिन मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । थप मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत ८ जना, तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, नवलपुरका २ जना, गोरखाका ३ जना र म्याग्दी जिल्लाका ५ जना रहेका छन् । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५२ पुगेको निर्देशनालयले जनाएको छ ।