कास्कीका ४ सय ४० सहित देशभर ८ हजार ६ सय भन्दा धेरैमा संक्रमण पुष्टी, देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख नाघ्यो

update

जेठ ११, पोखरा,

देशभर मंगलबार ८ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।

यस्तै मंगलबार थप १ सय ६९ जनाको संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ६ हजार सात सय जनाको ज्यान गइसकेको छ । अहिले नेपालमा १ लाख १७ हजार २ सय ६१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या चार लाख नाघेको छ । मंगलबार मात्र थप ६ हजार ४ सय ४ जना निको भएसँगै निको हुनेको सङ्ख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ५६ प्रतिशत रहेको छ ।
यसैबिच
मंगलबार कास्कीका ४ सय ४० सहित गण्डकीमा थप १ हजार ५ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय गण्डकीका ३ हजार ३ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५ सय ४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप भएका संक्रमित कास्कीका ४ सय ४० सहित स्याङ्गजाका २४०, लमजुङका २३९, गोरखाका २२३, नवलपुरका १५६, पर्वतका ९२, तनहुँका ६२, म्याग्दीका ५१ मुस्ताङका ४४ र बाग्लुङका २ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ ।

त्यस्तै मंगलबार गण्डकीबाट १ हजार २ सय ७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६ सय ९७ पुगेको निर्देशनालयले बताएको छ ।

त्यस्तै मंगलबार गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि भएकाहरु मध्य कास्कीका ९ जना सहित तनहुँ र स्याङ्गजाका दुई–दुई जना, त्यस्तै गोरखा, लमजुङ, नवलपुर, पर्वत, बाग्लुङ र मुस्ताङ जिल्लाका एक–एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ ।