एमाले कार्यदल बैठकले मध्यरातमा सहमति जुटाउन सफल

uml-krayadal

असार २८, काठमाण्डौ,


नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरूले मध्यरातमा अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् ।
सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेताहरूले बताएका छन् ।
कार्यदलले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।
१० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ ।
सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

सहमति पत्र ..