कास्कीका ११२ सहित देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टी, थप १८ को मृत्यु

corona update

असार २८, कास्की,


पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार १५० जनामा गरिएको नमुना परीक्षणमा २७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
थप संक्रमण पुष्टि हुनेमा कास्कीका ११२ जना सहित, नवलपुरका ३२, गोरखाका ३१, म्याग्दीका २६, तनहुँका २२ जना, बागलुङका १९, स्याङ्गजाका १८ र पर्वतका १७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५९ हजार ४४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२६ जना कोरोनामुक्त भएसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५५ हजार ६९८ पुगेको छ । त्यस्तै सोमबार गण्डकीमा नवलपुर जिल्लाका थप एक जनाको मृत्यु पुष्टि भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा करीब २०.४५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ४०० पुगेको छ ।
यस अवधिमा १ हजार ५ सय ३३ जनाले संक्रमण जितेका छन् । हाल देशभर २६ हजार ७ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।