बिक्रमको साईलोले चर्चा बटुल्दै

पोखरा, बैशाख २२

पेशाले व्यावसायी पनि गायक विक्रम रानाको साईलोले अहिले यतिबेला चर्चा बटुलेको छ । सार्वजनिक भएको कम समयमा चर्चा बटुल्नमा उक्त गीत यस वर्षकै पहिलो गीत बनेको अनुमान गर्न सकिन्छ ।

लोकदोहोरी क्षेत्रमा आएको एकाएक परिवर्तनलाई ध्यानमा राखी गीतको अडियो मेकिङ देखि भिडियो मेकिङमा राम्रो लगानी गरिएको गीतमध्य साईलो पनि परेको छ । यसअघि लालुमै सार्वजनिक गरेर सर्वाधिक चर्चा कमाएका सर्जक शिव हमालको शब्द सँगीत रहेको गीतको भिडियो मेकिङमा मात्र ६ लाख खर्च गरिएको बताईएको छ ।

१०० जना भन्दा बढि कोरसलाई गीतमा नचाईएको छ । प्रकाश भट्टको निर्देशन र कोरियोग्राफिङ रहेको साईलोमा सर्वाधिक लोकप्रिय गायिका विष्णु माझीले बिक्रमलाई आवाजमा साथ दिएकी छिन् । विहिबार मात्र काठमाडौंमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको गीतलाई युटयुबमा ३ लाख बढि दर्शकहरुको साथ मिलेको छ ।

गीतलाई शिव हमालको अफिसियल युटयुब मार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियो नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलिप रायमाझी र कविता नेपालीलाई फिचरिङ गरिएको छ । खुलेरै लगानी गरिएको गीतबाट निर्माण पक्ष आशादित देखिन्छन् ।