हेमजामा समुदाय र प्रहरी बिच साझेदारी तथा लागु औषध सचेतना कार्यक्रम

हेमजा, २२ बैशाख

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्की जिल्ला समन्वय समितिको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत गौरीशंकर मा.विमा समुदाय र प्रहरी बिच साझेदारी तथा लागु औषध सचेतना प्रशिक्षण कायत्र्रmम आइतबार सम्पन्न भएको छ ।

कायक्रममा बोल्दै प्रमुख अतिथी बिद्यालयका प्राचार्य अम्बर ब. कुवँरले बिद्यथर्ती भनेको काँचो माटो भएको बताउदै प्रहरी सेवा जिल्ला समन्वय समितिले ज्ञान बदक कुरा आफना बिद्यर्थीलाई सिकाएकोमा धन्यवाद ज्ञापन गरे । सव– ईन्सिपेक्टर भरत पौडेलद्धारा प्रशिक्षण कार्यक्रममा कक्षा ७, ८ र ९ का २०० बिद्यर्थीको सहभागिता थियो ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समितिका महासचिव उत्तम जोशीको अध्यक्षतामा भएको कायक्रममा स्वगत कार्यक्रम संयोजक बसन्त बाँस्तोलाले र सञ्चालन प्रहरी हबल्दार बबिता मल्लले गरेकी थिइन ।