हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम

हेमजा, १८ बैशाख

पोखरा २५ हेमजामा बिगत ५ दिन देखि महानगरिय स्वस्थ्य प्रबधन कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम बुधबार हेमजाका दुई स्थानमा सञ्चालन गरियो ।

हेमजा स्वस्थ्य चौकीको आयोजनामा भएको कार्यक्रम १० दिनसम्म चल्ने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका स्वस्थ्य अधिकृत फुलदेब तिमिल्सिना, हेमजा स्वस्थ्य चौकीकी अनमी सुजता थेबे र हेमजा स्वस्थ्य चौकीकी अ.हे.ब. सुनिता पौडेलले सहजिकरण गरेका थिए ।

दुइ स्थानमा भएको कार्यक्रममा कुल ७० जना महिलाको सहभागिता रहेको थियो । महिलाका स्वास्थ्य समस्या, पाराम्भीक स्वस्थ्य, परिवार नियोजन, योन रोग, आहार बिहार सम्बन्धि सचेतना फैलाउने उदेस्यले कार्यक्रमको आयोजना गरिएको छ ।

कायक्रमको तालिका अनुसार बिहिबार बिहान ८ बजे हेमजामा अबस्थीत माइ स्थान मन्दिरको सभा हलमा हुने अनमी सुजता थेबेले जानकारी दिइन ।