प्रकाश रसाईलीको आँटो ढिडो सार्बजनिक ( भिडियो सहित)

बैशाख–१८, पोखरा
सञ्चारकर्मी प्रकाश रसाईली को नढाटेर भन तिमी जान्छयौ जादिनौ गीत सार्बजनिक भएको छ । रसाईलीको शब्द र स्वर मा सजिएको गीत मा गायिका विमला श्रेष्ठले साथ दिएकी छन ।

गाउँको परिश्रमी युवा पढाईको सिलसिलामा शहर झरेपछि शहरिया युबतीसँग प्रेम बस्नु तर उनलाई गाउँमा लैजादा दुःख गर्न नसक्ने हो कि भन्ने पीर र प्रेमिका प्रतिको माया गीतमा समेटिएको छ ।

पछिल्लो समयमा प्रेम र मायालाई सम्पत्तिसँग दाँजिएको अवस्थामा यो गीतले चोखो माया मा सम्पत्ति लाई तुलना नगर्ने सन्देश दिएको छ । चोखो माया हो भने र जिन्दगीभर पुग्ने माया हो भने न गाउँ भनिन्छ न शहर । सम्पत्तिको लागि माया हेर्ने हैन भन्दै गाउँको दुःख सुख एक अर्कामा साटने प्रण गीतको भाव मा झल्किएको छ ।

नेपालको परिबेशमा चाहे गाउने परिबेश मो चाहे शहरिया आफनो घरपरिवारलाई सुख दिन सम्पत्तिको लागि विदेशिनुपर्ने आम नेपालीको बाध्यता बनिसकेको छ ।

गर्नुपर्ला लेक र बेशी
हुनुपर्दा म सानु परदेशी

भन्दै विहे पछि सुख र सम्पत्तिको लागि बिदेशिनुपर्ने बाध्यता लाई पोख्दै आफनो मान्छेले दुःख पो पाउने होकि भन्ने भाव ले गीत झनै मार्मिक बनेको छ । गीतमा प्रयोग गरिएका आँटो ढिडो ,मेलापात,लेकबेशी जस्ता शब्दले आफनै गाउँघरतिर बोलिने मौलिक भाव झल्काएको छ ।सरल ,मौलिक र बोलीचालीको भाषामा लेखिएको गीत र भाव मा डुबेको स्वरले पक्कै लोकप्रियता पाउनेमा ढुक्क भएको गीतका सर्जक प्रकाश रसाईलीले बताएका छन ।

प्रकाश रसाईलीको शब्द रहेको गीतमा लय अर्जुन विश्व आवास , एरेञ्ज सागर विरही र स्वर स्वयम प्रकाश रसाईली र विमला श्रेष्ठको रहेको छ । गीतको भिडियो निर्देशन रमेश रसाईली को रहेको छ भने गीतमा अभिनय प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्री को रहेको छ ।

प्रकाश रसाईलीले यस अगाडि पनि शान्ति श्री परियार र रबि घतानेको स्वरमा सजिएको ‘नरोउ नरोउ हेर ’ गीत लेखेर उदाउँदै गरेको प्रतिभाको संकेत दिइसकेका छन ।