औषधी व्यवसायीद्धारा कुष्ठरोगीलाई खाद्यान्न सहयोग

पोखरा ।

नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाइले बुधबार नेपाल कुष्ठरोग निवारण संस्था पोखरालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । मजदुर दिवसको अवसरमा संस्थाले कुष्ठरोगीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

उक्त अवसरमा खाद्यान्न सामाग्रीको सहित फलफुल, विस्कुट लगायत सामाग्री वितरण गरेको अध्यक्ष नीरज पन्तले जानकरी दिएका छन् ।