प्रमुख शहरका विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय,,पोखराका विद्यालय भने बन्द नहुने

school banda

बैशाख ६, कास्की,

सरकारले देशका प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबिच विवाद रहेका बेला सरकारले प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबिच
सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमोजिम तत्काल पोखरा महानगरभित्रका विद्यालय बन्द नहुने भएको हो ।

कोरोना संक्रमण बढेसँगै विद्यालय क्षेत्र संक्रमणको जोखिमा रहेको भन्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने विद्यालय बन्द नगर्ने सहमति भएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएको छलफलमा कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा यही बैशाख महिना भित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ ।

विद्यालयमा आउने समस्याका आधारमा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने स्वयं विद्यालयले गर्ने निर्णय समेत भएको छ । त्यसैगरी वैठकको निर्णयअनुसार पोखरा क्षेत्रका सवै विद्यालयहरूले बैशाख महिना भित्र परीक्षा लिइसक्नुपर्नेछ ।