मात्र १ विकेटको क्षतिमा नेपालद्धारा मलेसिया पराजित

nepal

बैशाख ६, काठमाण्डौ,


त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जोडे ।
यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक÷एक विकेट लिए ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।