शेयर बजार परिसूचक नेप्से आज पनि ३७ भन्दा धेरै अंकले घट्यो

seyar bajar

बैशाख ६, काठमाण्डौ,


शेयर बजार परिसूचक नेप्से सोमवार (आज) पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतवार (हिजो) पनि नेप्से झन्डै ३६ अङ्कले घटेको थियो ।
सोमवार बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ ।
सोमवार दुई सय १३ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भए । नागरिक लगानी कोषको मात्रै २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । सोमवार सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झण्डै १० प्रतिशतले घटेको छ ।