काममा ढिलासुस्ती गर्नेलाई हेर्नुपर्ने समय आयो : प्रधानमन्त्री ओली

Pm_Kp_Oli_office

बैशाख २, काठमाण्डौ,

प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ । आज काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो, ‘कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएका हौं ।’

माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने र ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको चेतावनी दिनुभयो । यस्तो गर्नेलाई कारवाहीको दायरामा ल्याईने उहाँको भनाई थियो । माथिल्लो तामाकोशीमा दैनिक पाँच करोड नोक्सान भइरहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।