विद्युत अपुग भएपछि भारतबाट आयातमा थप गरिँदै

received_260357828643438

बैशाख २, कास्की,

बढ्दो खडेरीसँगै नेपालमा बिजुलीको माग उच्च हुँदा भारतबाट आयात हुने बिजुलीको मात्रा पनि बढ्दै गएको छ । अहिले नेपालमा विद्युत् प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट जम्मा चार सय ६० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । माग भने उच्चतम १४ सय ६३ मेगावाट र औसतमा ११ सय ५० मेगावाट पुगेको छ । माग धान्न विद्युत् प्राधिकरणले सात सय १० मेगावाटसम्म बिजुली भारतबाट आयात गरिरहेको छ ।

प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत बिजुली आयात गरिरहेको छ । वैशाखको अन्तिमदेखि चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास रहेको छ ।