काठमाडौँको चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

corona-9

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिनुभयो।

“कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, शशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ”, प्रवक्ता महर्जननले भन्नुभयो। सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन्।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ। उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शै्ययाको रहने नगरपालिकाले जनाएको छ।