आज पनि घट्यो सुनको मूल्य ? हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ।

आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।