स्याङ्जामा आफ्नै घर माथि आएको पहिरोले पुरिएर एकजनाको मृत्यु ।

नारायण बिस्वकर्मा स्याङ्जा ,

असार १४, स्याङ्जामा आफ्नै घर माथि आएको पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका ९ साङ्लिया बस्ने बर्ष ४९ का यमबहादुर विश्वकर्माको आईतबार विहान आफ्नै घर माथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ ।

बर्षाका कारण पहिरो खस्दा घरको पछाडी पट्टीको गाह्रो भत्किदा यमबहादुर सहित उनको श्रीमती बर्ष ४२ की फुलमाया घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि गल्याङ नगर अस्पताल लगिएको थियो ।
यमबहादुरको उपचारको क्रममा मृत्यु भएको गल्याङ नगर अस्पतालले घोषणा गरेको छ । फुलमायाको टाउकोमा गम्भिर चोट भएकाले थप उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइैएको छ ।

उनीहरुको चार जना छोराछोरीलाई केही भएको छैन । अन्य वस्तिमा भने पहिरोको असर नपरेको प्रहरीले जनाएको छ ।