नवलुरमा एकैदिनमा २६ जनामा संक्रमणमुक्त भई, निकाे हुनेकाे संख्या ४० पग्याेे ।

खगेन्द्र पराजुली,१४ असार, नवलपुर । 
गण्डकी प्रदेशमै सबैभन्दा धेरै संक्रमित संख्या भएकोे सुचीमा रहेको नवलपुरमा संक्रमणमुक्त भएर निको भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ ।


संघीय सरकारले कोभिड १९ परीक्षणको नयाँ मापदण्डको निर्देशिका जारी गरी पछिल्लो परीक्षण नगर्ने भने पनि गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने संक्रमणमुक्त भएको पुष्टि भएपछि मात्रै पूर्ण निको गराएर डिस्चार्ज गरिने प्रतिवद्धता जनाएपछि यहाँका ३ जना बाहेक अन्य सबै संक्रमणमुक्त भएर नै डिस्चार्ज भएका छन् ।
आज आईतवार नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालबाट ३ जना र जिल्लाकै कोभिड अस्थायी अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयबाट २३ जना गरी २६ जना डिस्चार्ज भएका छन् ।


मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका ४ मध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आएकाले कावासोती वडा नं. १, देबचुली वडा नं. १५ र बिनयी–त्रिबेणी वडा नं. १ का गरी ३ जना पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना स्रोत ब्यक्ति डा. पुस्कल पौडेलले जानकारी दिनुभएको छ ।


यस्तै, प्राकृतिक चिकित्सालयबाट मध्यबिन्दु १३ का ३ जना, ६ का १ जना, ७ का २ जना, ८ का १ जना, ९ का १ जना, १ का १ जना र ११ का १ जना गरी १० जना, कावासोती ३ का १ जना र हुप्सेकोट २ का ६ जना, ६ का ४ जना, ५ र ४ का १–१ जना गरी १२ जना संक्रमणमुक्त रहेको रिपोर्ट सिट सहित  डिस्चार्ज गरिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिनुभएको छ ।
आज डिस्चार्ज हुने सबै पुरुष छन् ।