मदन भण्डारीको ६९औं जन्मजयन्ती कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली ।

Screenshot_20200628_215234

असार १४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन नरहेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसनले आज बालुवाटारमा आयोजना गरेको मदन भण्डारीको ६९औं जन्मजयन्ती कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन् तर अहिलेको अवस्थामा म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन ।”

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक भएसँगै आफूलाई प्रधानमन्त्री हटाउनु पर्छ भन्ने बहस शुरु भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, आफ्नो लागि होइन् देशका लागि, आजका लागि होइन्, भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।

नेपालको नयाँ नक्सा भुलचुकले नछापिएको भन्दै उनले नेपालको भूमि फिर्ता लिएरै छाड्ने बताए । साथै, कार्यक्रममा मदन भण्डारीले नेपालको राजनीतिमा पुर्याएको योगदानको चर्चा समेत गरेका थिए ।