आजदेखि लकडाउन खुकुलो : पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने ।

जेठ २९, सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।

सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताए ।

उनका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।

बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।

लकडाउन खुकुलो

चैत्र ११ गते बाट गरिएको लकडाउन आज ७८ दिन पुग्दा खुकुलो गर्ने निर्णय गरिएको हो । आजदेखि विभिन्न चरणमा लकडाउन खुकुलो गर्दै जाने बताइएको छ ।

पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन्। त्यस्तै निश्चित नाकाभित्र मात्र जोरबिजोर प्रणालीमा सवारीसञ्चालन हुनेछ । तर लामो दुरीको भने चल्ने छैनन् । त्यसपछि २१ दिनमा थप सेवा सञ्चालन हुनेछन् । तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेल बाहेक अन्य सञ्चालन हुनेछन् ।

आजबाट कुनकुन सेवाहरु खुल्छन्

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४. फोहोरमैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९. उत्पादनशील उद्योग

१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२. निर्माण कार्य (निजीसमेत)

१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. बिजुलीका सामान बिक्री र मर्मत

१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेसनरी

१९. सबै प्रकारका ढुवानी सेवा

२०. अत्यावश्यक सेवाका कार्यालय

२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी