देश संकटमा पर्दा पशुपतिनाथमा राष्ट्र प्रमुखले गर्ने विशेष पुजा गणतन्त्र आएपछि हुनै छाड्यो

जेठ २९, राष्ट्रदेव भगवान पशुपतिनाथ नेपाल देशका इष्टदेव हुन् । इष्टदेव भनेको सुख‑दुःख पर्दा सर्वप्रथम प्रार्थना तथा पुकार गर्ने प्रमुख देवताका रुपमा मानिने भगवान हुन् ।

देश तथा विश्वमै ठूलो संकट परेको समयमा त्यस्ता संकटबाट पार पाउन विश्वकल्याणको उद्देश्यले महामारी तथा विपत्ति हटाउनका लागि राष्ट्र प्रमुखले स्वयं उपस्थित भई राष्ट्रदेव भगवान पशुपतिनाथमा पूजा गर्ने परम्परा रहिआएको थियो ।

राज ज्योतिषीको सल्लाहअनुसार ग्रहरुको चाल खराब हुने संकेत हुनासाथ राष्ट्र कल्याणका लागि संकट निवारणका हेतु पूजा तथा अनुष्ठान गर्ने विधान रहिआएको थियो । राजतन्त्र हुँदासम्म यस्तो परम्परा रहिरह्यो । राष्ट्र प्रमुखका हिसाबले पूर्वराजा ज्ञानेन्द्र शाहले अन्तिम पटक पूजा गरे ।

०६२/६३ सालको आन्दोलनबाट राजतन्त्र हट्यो । त्यसपछि राष्ट्र प्रमुख राष्ट्रपति डा. रामवरण यादवलाई बनाइयो । डा. यादवले राष्ट्र प्रमुखको हैसियतले विभिन्न समय पारेर पूजा आराधना गरिआएका थिए । त्यसयता पूजाआजाले निरन्तरता पाएन ।

पाशुपत क्षेत्र यस्तो पवित्र स्थान हो, जहाँ स्वर्गबाट पनि देवताहरु भगवान पशुपतिनाथको दर्शनका लागि आउन चाहने पुराणहरुमा उल्लेख छ । पशुपतिनाथमा शिवजीको हरेक दिन विशेष तरिकाबाट पूजा भइरहेको छ । नेपालमा मात्रै नभएर विश्वका रहेक स्थानमा रहेका हिन्दू धर्मावलम्बीले एकपटक पशुपतिनाथको दर्शनका लागि आउने भित्री अभिलाषा राख्ने गरेको पाइन्छ ।

संसारको सृष्टिकर्ता ब्रहमाजी, पालनकर्ता विष्णु र सम्हारकर्ता भगवान शिव हुन् । अहिले विश्वमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई पृथ्वीको सम्हारका रुपमा बुझिएको छ । शिवका हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आदिभौतिक, आध्यात्मिक र आदिदैविक) को समन गर्छ ।

सृष्टिको आदिधर्म भगवान शिवबाट प्रतिपादित भएको उल्लेख छ । शिवको घाँटीमा रहेको सर्प, त्रिशूल, बज्र, डमरु, पाश भगवान शिवका आयुध हुन् । शास्त्रहरूमा पाशुपत अस्त्रलाई सबैभन्दा ठूला अस्त्रका रुपमा लिने गरिएको छ ।

सुन्दर तीन सिङ भएको मृगको रुपधारण गरेर रमाउँदै बसेको क्षेत्र पशुपतिनाथभन्दा उत्तर भागमा पर्ने मृगस्थली भएको पुराणमा उल्लेख छ । लामो समयसम्म कैलाश पर्वतमा शिवलाई नदेखेपछि ब्रह्मा र विष्णुलाई चिन्ता लाग्यो र दुवैजना शिवको खोजीमा निस्किए

शिव पुराणको ३५१औँ श्लोमा श्री पशुपति लिंगको बारेमा व्याख्या गरिएको छ । उक्त श्लोकमा ज्योतिर्लिंगकै रुपमा पशुपतिनाथको लिंगको पनि व्याख्या गरिएको छ । भगवान आशुतोष शिव एक समयमा सुन्दर तपोभूमिप्रति आकर्षित भएर कैलाश पर्वत छोडेर मृग चरणको भूमिमा रमाउन आफ्नो रुप परिवर्तन गरेर मृगको रुप धारण गरी क्रिडा गर्न आएका थिए ।

सुन्दर तीन सिङ भएको मृगको रुपधारण गरेर रमाउँदै बसेको क्षेत्र पशुपतिनाथभन्दा उत्तर भागमा पर्ने मृगस्थली भएको पुराणमा उल्लेख छ । लामो समयसम्म कैलाश पर्वतमा शिवलाई नदेखेपछि ब्रह्मा र विष्णुलाई चिन्ता लाग्यो र दुवैजना शिवको खोजीमा निस्किए । ध्यानदृष्टिले हेर्दा उक्त सुन्दर भूमिमा शिवजी भएको थाहा पाएपछि ब्रह्मा र विष्णु मृगस्थलीमा शिवलाई खोज्न आएको प्रसंग शिवमहा पुराणमा उल्लेख छ ।

उक्त सुन्दर भूमिमा मृगहरु चरिरहेका थिए । मृगहरुको बीचमा दिव्यमान तीन सिङ भएको मृगमाथि देवताहरुको ध्यान केन्द्रित भयो । ब्रह्माले आफ्नो दिव्य दृष्टिले उक्त सुन्दर मृग शिवजी नै भएको थाहा पाए । तत्कालै उक्त मृगलाई नियन्त्रणमा लिन समाउने प्रयास गर्दा सिङ नै भाँचिएर तीन टुक्रा भयो ।

समाउँदा तीन टुक्रा भएको सिङमध्ये एक टुक्रा यही पवित्र भूमिमा झर्‍यो र त्यहाँबाट महारुद्र उत्पन्न भयो, जुन पशुपतिनाथका नामले प्रसिद्ध रहन गयो । शिवको इच्छाअनुसार भगवान विष्णुले नागमणिसहित शिवको लिंगका रुपमा स्थापना गरेको र उक्त लिंग पशुपतिनाथले प्रसिद्ध रहेको कुरा शिव पुराणमा उल्लेख छ ।

ज्यो.सुरेश चन्द्र रिजाल ।

पशुपति भन्नाले पाश नभएको भन्ने बुझिन्छ । प्रकृतिदेखि माथि माया, त्यसदेखि माथि महामाया, त्यसदेखि माथि चिति र त्यसदेखि माथि परा शक्तिहरु छन् । पशुपतिनाथ पञ्चमुख भएकाले पञ्चवक्रम पनि भनिएको छ ।

नेपाल महात्म्य तथा जनश्रुतिका अनुसार नित्यानन्द नाम गरेका एक जना ब्राह्मणले गाई पाल्ने गर्थ्ये । उनले पालेका गाईमध्ये कैली रंगको गाईले हरेक दिन त्यहाँको उच्च स्थानमा गई दूध बगाउने गर्थिन् ।

त्यही क्रममा एक दिन ती ब्राह्मणलाई सपनामा भगवान शिवको दर्शन भयो । सपनामा भनेअनुसार उक्त स्थानमा खन्दै जाँदा भव्य लिंग प्राप्त भयो र पशुपतिनाथले विश्वभर परिचित हुन गयो ।

गणतन्त्र आउनु अघिसम्म नेपालका शासकहरुले भगवान इष्टदेवका रुपमा पशुपतिनाथको पूजा तथा आराधना गर्ने चलन थियो ।

कुनै विपत्ति आएमा या आउने संकेत देखिएमा राष्ट्र प्रमुखले देशबासीका नाममा पूजा तथा अनुष्ठान गरेमा विपत्ति नआउने विश्वास छ ।

अहिले राष्ट्र प्रमुखबाट देशबासीका नाममा कुनै पुजा तथा अनुष्ठान नभएको आमसर्वसाधारणको गुनासो छ ।

यसरी पूजा गर्ने पशुपतिनाथको शिवलिंगमा पारस पत्थरको गुण रहेकाले जुन कामनाले जुन बस्तु स्पर्श गर्‍यो, ठीक त्यही फल मिल्ने विश्वास गरिन्छ ।

यस्तो पञ्चमुख भएको शिवलिंगको दर्शनका लागि नेपाललगायत विश्वभर रहेका हिन्दू लालायित हुने गर्छन् । विशेषगरी नेपालमा रहनेहरुले कुनै प्रकारका शुभकर्म प्रारम्भ गर्नुभन्दा अगाडि पशुपतिनाथको दर्शन तथा आशीर्वाद लिने चलन छ ।

पशुपतिनाथको काखबाट बागमती गंगा बहिरहेकी छन् । पशुपतिनाथको लिंगमा पूजा गरेको जल सिधै नदीमा जाने हुनाले मानिसको मृत्यु भएपछि उक्त जलले अभिषेक गरेपछि अन्तिम संस्कार गर्ने प्रचलन छ । यसरी उक्त स्थानमा संस्कार गरेमा मोक्ष प्राप्ति हुने कुरा पुराणहरुमा उल्लेख छ ।

बागमती नदीको महात्म्यअनुसार कुनै समयमा ब्रह्माजीले शिवपुरीमा बसी शिवको कठिन तपस्या गरे । उक्त कठिन तपस्याबाट भगवान शिव प्रसन्न भई हेर्दा शिवको नाभीसमेत हल्लिन पुग्यो र शिवजीको नाभीमा रहेको अमृत हल्लिएर ब्रह्मालाई वर माग भन्दा उक्त अमृतको थोपा मुखबाट छिटा उछिट्याउँदा भुमरीमा पर्न गई बागमती नदीको उत्पत्ति भएको शास्त्रमा उल्लेख छ

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन

सम्पर्क ९८५१०६११२४