यो वर्षको एसईई परिक्षा नहुने, विद्यालयको मूल्याङ्कनलाई मान्यता।

जेठ २८, कोरोना भाइरसको कारण स्थगित भएको यो वर्षको एसईई परिक्षा नहुने। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

कोरोना भाइरसको संक्रामितको संख्या बढ्दै जाँदा विद्यालय खुल्ने अनिश्चित भए पछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । उक्त प्रस्ताव आजै क्याबिनेटले पारित गरेपछि यो वर्ष एसईई नगरि विद्यालयको मूल्याङ्कनलाई आधार मानिने भएको छ । यो निर्णय यो वर्षको लागि मात्र हो । आगामि वर्ष देखि उक्त परिक्षा प्रदेश तहमा सञ्चालन हुने छ ।

कक्षा ११ र १२ को हकमा भने ११ को परिक्षा नलिने मन्त्रालयको सोच रहेको छ भने कक्षा १२ को उपयुक्त समयमा गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले जनाएको छ ।