थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि ।

जेठ २१, नेपालमा बुघवार थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ७९ जना पुरुष र २२ जना महिला छन्। योसँगै कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२जना संक्रमणमुक्त भएसँगै कुल २ सय ७८ जनाले काेराेनालाई जितेर घर फर्किएका छन । दोलखाका ७६ बर्षका एक संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

हालसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा संक्रमण फैलिएको छ ।