नेपालमा थप ३ सय ३४ जनामा संक्रमण पुष्टि ।

जेठ २२, आज बिहीवार नेपालमा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय १९ जना पुरुष र १५ जना महिला छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
जसमध्ये संक्रमित हुनेमा २ हजार ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १२ जना निको भए सँगै कुल २ सय ९० जना काेराेनालाई जितेर घर फर्किएका छन । आज डिस्चार्ज हुनेमा कलैया अस्पताल बारावाट ७ जना पुरुष र नारायणी अस्पताल बिरगञ्जका ५ जना डिस्चार्ज भएका छन् ।

थप १ जना संक्रमित पाल्पाका ४५ बर्षका पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या १० पुगेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ६५ जिल्लामा संक्रमण पुष्टि भएको छ ।