नेपालमा थप २सय ८८ जना कोरोना संक्रमण पुष्टि ।

जेठ २०, नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रकितको सख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

मंगलबार रौतहटका ७४, दाङका १७, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, प्युठान १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपुरमा पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

नेपालमा ७७ जिल्ला मध्य ६१ जिल्ला काेराेनाबाट प्रभावित भएका छन । संक्रमितकाे संख्या २ हजार ९९ पुगेको छ । १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन । २ सय ६६ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या भने अाजसम्म ३७ पुगेको छ ।