पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य – मेयर जिसी

०१ बैशाख, पोखरा ।

पुम्दीकोट कोट विकास समितिको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको को उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा २२ स्थित पुम्दीकोटमा निमार्ण हुदै गरेको विशाल महादेवको मुर्ति सहितको भौतिक संरचना निमार्णले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन्।

मेयर जिसीले धार्मिक सहित प्राकृतिक र सौन्दर्यका दृष्टिले अत्यन्त महत्वपुर्ण स्थल भएकाले पर्यटनका हिसाबले पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरे ।

पुम्दीकोटको बिकासका लागि सबै लाग्नुपर्ने उल्लेख गर्दै मेयर जिसीले समितिले ४० करोडको बृहत योजना अघि सारेकोमा उक्त अभियानलाइ सफल पार्न महानगरले सक्दो सहयोग गर्ने जनाए ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले आगामी एक बर्ष भित्रमा बिशाल महादेवको मुर्ति राखिने गरी हाल निमार्ण कार्य तिव्र पारिएको बताए ।

आफुहरुले महायज्ञ देखि विभिन्न चन्दादाताले दिएको रकमलाई सहि ढंगले सदुपयोग गर्ने अध्यक्ष बरालले बताए । ५ बर्ष भित्र आफुहरुले ४० करोडको बृहत योजना अघि सारि राख्दा हालसम्म १५ प्रतिशत मात्र काम भएको उनले जनाए ।

कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, सचिव रामप्रसाद पौडेल, सचिव नरहरी बराल लगायतले वोलेका थिए ।

मुर्तिको वरिपरि १ सय ८ शिवलिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने,पार्किङ लगायतका योजना रहेको अध्यक्ष बरालले बताए ।

साथै पुम्दीकोटको बृहत विकास गर्ने उद्धेश्यले गठन भएको पुम्दीकोट कोट विकास समितिको अध्यक्षमा पुनः चन्द्रकान्त बरालको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।

शनिबार भएको भेलाले आगामी दुई बर्षको लागि बरालको अध्यक्षमा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हिमलाल बराल, सचिवमा नरहरी बराल, कोषाध्यक्षमा कमला बराल, सदस्यहरुमा प्रकाश बराल, डिल्लाराम बराल, बिष्णु प्रसाद बराल, लक्ष्मि बराल, दण्डपानी बराल, गोविन्द प्रसाद बराल, टेकनाथ बराल ९राजु० र चण्डीका प्रसाद बराल रहेका छन्।

पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका समाजसेवी नरहरी बरालको संयोजकत्वमा ठगन भएको निर्वाचन कमिटिले सर्वसम्वत रुपमा उक्त कार्यसमिति चयन गराएको हो ।

निर्वाचित भए पश्चात अध्यक्ष बरालले पुम्दीकोटोको बृहत विकासको लागि सवैसंग समन्वय गरी अघि बढ्ने बताए ।