हेमजा सेभन ए साईड नक आउट फुटबल प्रतियोगिता हुने

पोखरा । विष्णुपादुका क्लव तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ–२५ हेमजाले हेमजा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता–२०७४ आयोजना गर्ने भएको छ। ‘मैत्री भाव तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता असोज ३ गते देखि ११ गते सम्म सञ्चालन हुनेछ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबका प्रशिक्षक सुविन श्रेष्ठलाई संयोजक तोकिएको छ भने विभिन्न उपसमिति पनि गठन गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख ८९ हजार दुई सय २२ रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचेको रकम क्लबले सञ्चालन गरेको विष्णुपादुका फुटबल एकेडेमीमा सञ्चालार्थ खर्च गरिने विष्णुपादुका क्लबका कोषाध्यक्ष लक्ष्मण रोकाहाले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एक हजार एक सय ११, द्धितीय हुनेले ५१ हजार एक सय ११ साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्तालाई नगद दुई÷दुई हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्। साथै सर्वोकृष्ट खेलाडीलाई नदग तीन हजार ट्रफि मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ।

प्रतियोगितामा सेमिफाइनलमा पराजित टिमलाई सान्त्वना स्वरुप १० हजार रुपैयाँ दिने संयोजक सुविन श्रेष्ठले जानकारी दिए। विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले क्लबले अयोजना गरेको प्रतियोगितालाई सहयोग गर्न आग्रह गरेका छन्।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment