१४ दिन क्‍वारेन्टाइन बसेका एक पुरुषको पोखरामा मृत्यु ।

जेठ १९, कोरोना परीक्षण क्रममा शुक्रबार नेगेटिभ रिपोर्ट देखिएका बिरामीको पोखरामा मृत्यु भएको छ। स्याङ्जाकाे फेदीखोलामा घर भएका ५१ वर्षीय ती पुरुषको उपचार क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।

 शुक्रबारको परीक्षणमा उनको रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि नभएको भए पनि मृत्यु भएका कारण पुनः स्वाब लिएर परीक्षणका लागि पठाइएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन्।

भारतबाट आएका ती पुरुष १४ दिन क्‍वारेन्टाइनमा बसेर घर फर्केकीएका थिए।

 घर पुगेपछि स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा लगिएको थियो।

शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण नदेखिएकोले उनमा कोरोना नभएको बताउँदै शर्माले मृत्यु कारण अन्य रोग भएको बताएका छन्।