थप १० जनामा काेराेना पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ३७ पुग्याे ।

जेठ २०, गण्डकी प्रदेशमा आज मंगलबार नया थप पर्वत जिल्लामा पुष्टिभएका ५ जना सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रबक्ता डा. बिनोदबिन्दु शर्माले जनकारी दिए।

गण्डकीमा कुल संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला पर्बतमा जिल्लाका ५ जना र स्याङ्जा जिल्लाका ५ जना रहेका छन् ।

ती सबै भारतबाट आएर क्वारेन्टाईनमै बसेकाहरु रहेका छन् । पर्बत फलेबास नगरपालिकाका २० र ४० बर्षका २ जना पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका ३ जना पुरुषहरु रहेका छन । संक्रमित जिल्ला सदरमुकाम स्थित कुष्मा नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए ।

यस्तै, स्याङजाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० बर्षका पुरुष र बिरुवा गाउँपालिकाका २० बर्षका पुरुषहरु रहेका छन।

स्याङ्जामा मात्रै संक्रमितको संख्या १२ पुगेको छ भने आज पर्बतमा संक्रमित फेला परेसँगै गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा संक्रमण पुगेको छ ।

गण्डकीमा काेराेनालाई जितेर घर जानेकाे संख्या ३ पुगेको ती सबै ३ जना नै महिलाहरु रहेका छन ।