थप १३ जना सहित नेपालमा संक्रमिकाे संख्या १८ सय ११ पुग्याे ।

जेठ १९, सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएकजनामा संक्रमण देखिएको छ।

उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ। यसअघि सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए।

अाज सम्म काेराेनालाई जितेर घर जानेकाे संख्या २ सय २१ पुगेकाे । मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ ।