असार १ गतेबाट पठनपाठन सुचारु हुने ।

जेठ १८, काठमाडौं  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन पाठन सुचारु गर्न स्थानीय तह, संघ तथा प्रदेशलाई आह्वान गरेको छ। आइतबार शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन।

लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्‍न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न यस्तो निर्णय लिनुपरेको मन्त्री पोखरेलले बताएका छन्।