नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्याे ।

जेठ १८, आज आईतवार नेपालमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये १ सय ६२ जना पुरुष र ४ जना महिला छन् । । योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । आजसम्म कुल २ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् ।

हाल सम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएका ८ जनाले ज्यान गुमाइसकेका छन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित २ जनाको ज्यान गएको छ । गएकाे शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ३५ बर्षका युवक र बाजुरा जिल्ला बुढिगंगा वडा नम्वर १ की २ बर्षीया बालिकाको आज आइतबार बिहान मृत्यु भएको हो ।

नेपालका थप नयाँ जिल्ला तनहुँ, कालिकोट, सल्यान र बाजुरा ४ जिल्लामा संक्रमित भेटिएसँगै । नेपालमा ७७ जिल्ला मध्य ५७ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा ६९ हजार ५ सय ८२ पिसीआरबाट र १ लाख ११ हजार १ सय ९ आरडीटीबाट परिक्षण भएका छन् ।