लकडाउन जेठ ३२ गतेसम्म रहने सरकारी निर्णय, बाह्य हवाई उडान भने असार १६ गतेसम्म बन्द ।

जेठ १७, नेपाल पछिल्ला समय यता दिनानुदिन काेराेना संक्रमित बढे सँगै लकडाउन थप गर्ने निर्णय गरेकाे छ ।

सरकारले काेराेना भाईरस नियन्त्रण तथा राेकथामकाे लागि लकडाउनै एउटा उपयुक्त माघ्यम भएकाे भन्दै चैत्र ११ गतेदेखि जारी गरेकाे लकडाउनलाई जारी राख्दै जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको हो। 

मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान भने असार १६ गतेसम्म बन्द राख्‍ने निर्णय गरेको छ।