नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेकाे संख्या २ सय १९ पुगेको छ।

जेठ १७, नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेकाे संख्या २ सय १९ पुगेको छ। जसमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिलाहरु रहेका छन्।पछिल्लो पटक १३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना र टेकु अस्पतालबाट दुई जना कोरोना मुक्त भएर घर फर्किएका हुन्। यस्तै, एक हजार एक सय ७६ जना सम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् भने, क्वारेन्टाइनमा बस्नेहरुको संख्या एक लाख १० हजार ७८ जना पुगेको छ।

आजसम्म पिसिआर विधिमार्फत ६६ हजार ७ सय २९ वटा परीक्षण गरिएको छ।