नेपालमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या १४ सय १ पुग्याे ।

जेष्ठ १७, नेपालमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला आज थपिएका छन् । योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

आजै कोरोना संक्रमण पुष्टि भएका १३ जना निको भएर घर फर्किएका छन। योसँगै ४७ जना महिला र १ सय ७२ जना पुरुष गरी कुल २ सय १९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना संक्रमण बाट हालसम्म ६ जनाको ज्यान गएको छ ।