नेत्रृृृृत्व की स्वचालन। ( leadership versus automation)

जेष्ठ १६,

आजको युग भनेको बैज्ञानिक युग भनी सुन्दै आएको पनी धेरै अवधी भयो। बैज्ञानिक युग यस कारणकी हामी हाम्रो जिवन सहज बनाउन बिज्ञानका सुत्र सिर्जित माध्यामको बिकाशले सारिरिक खटाई कम र आयु धर्ना (life expectancy) लम्बाई आएका छौ। खाना खाने तवर देखी पकाउने सुत्र मात्रै होईन सौचालय सम्म बिज्ञानका सोचले बानी बसाल्यो। बिजुली र करेन्टको अनुसन्धान गरी दिन र रातलाई एकै बनायौ र ठुलाठुला कलकार्खाना बनायौ। बिज्ञान भन्नु साथ जनमानसमा उत्कृष्ट नै हुनु पर्छ भन्ने बुझाई छ तर बिज्ञान स्वयम मानिसले खोज्ने भएर हाम्रो ईन्द्रहरु त्यती उत्कृष्ट छैनन् जती आवस्यक छानबिन छ। केही धेरै तृटीहरु औलाइ धेरै बैज्ञानिक खटिनु पर्छ भने केही समयको अभावका खातिर प्रतिक्क्षा गर्नु पर्छ।यो बिषय हाम्रो बसको हो र होइन पनी।हिजो र आज कै संसार हेरौ न। हिजो कस्ता थिए टेलिफोन राम्रो सँग पनी सुनिदैन थिए अहिले त हामी कल्पना नै गर्न नसकिने बनाई सकियो। टेलिफोन, टेलिभिजन, क्यामेरा, रेडियो, चिठ्ठी, अजै थर्म मिटर, रक्त चाप नाप्ने पनी एकै साथमा हातमै अड्याउने र एक ठाउ देखि अर्को ठाउ खल्तिमा हाली लिएर जान सक्ने भइ सक्यो। महामारी पनी कैयौ जुधेर आयौ नत्र मानव समंहार त प्रकुतीले गर्न नखोजेको पनी होईन। मुद्राका बिकाश गरी सट्टा पट्टामा सहज बनायौ।नत्र कुन मौसममा कस्तो भेगमा के उत्पादन हुन्छ कसरी सट्टा पट्टा गर्ने र बस्तु मात्रै सट्टा पट्टा होईन सिप पनी सेवा सुल्क भनी हिसाबमा सहज बनायौ। यतीका धेरै भएता पनी हाम्रा केही सोचहरु खै किन निर्भर सोच हिजै देखी अर्कामा भर पर्ने तर हिसावले सबैलाई बराबर र सट्टापट्टा गराई खतम हुनु पर्ने। गलत हातमा भनुम या सुत्रलाई गलत कल्पनामा ढकाली गलत परिमार्जन गरी अबैज्ञानिकता साथ पनी जुदिआछौ। यहा बिकास को बिनास बिचारले भईराछ।स्वयम बिकासले बिकासकै टक्कर झेलिनु पर्ने भयो। जब ब्यवस्थापन नै स्वचलन भन्दा बाहिरको हस्तक्षेप बाट चलाउनु उतारिन्छन् भने अवस्य नेतृत्वको त आवस्यकता हुन जान्छ। यस्तो नेतृत्व जो हरेक मानसिकता बुझेका र हरेक समस्याका हल गर्ने बाचा बोकेका जो नत केही कार्य बिज्ञान होस या कर्म दुबै देखी बाहिर छ। हुन त ति दुबैको गुणले पनी साराको सोच, बिचार, बौद्दीक क्षमता औलाई निर्देशन गर्नु, खै! अब भताभुंग्गे नै सही अबैधानीक बिदान नै सही, अबैज्ञानिक बिज्ञान नै सही। समाज शब्द पनी म प्रयोग गर्दिन यो प्रबिधिक छैन।

प्रणाली भन्न म रुचाउछु जस्तै सौर्य प्रणाली, बायु प्रणाली, भुगोल प्रणाली, जिवजन्य प्रणाली, यी सबै एक को नेतृत्वबाट चल्दैनन्। यहा सबैको आफ्नै प्रमुख भुमिका छ। जसरी बृक्ष, बायु, नदी, बर्षा, जिब, चट्टान, ईत्यादी सबै स्वचलायमान। जिवजन्तु पनी स्वचलायमान हुन।हाम्रो जिवन मोडहरु चाही, जस्तै माथी भिर बाट ठुलो ढुंग्गा खसाल्दा कहा गएर ठक्कर लाग्छ, थाहा हुन्न र ठक्कर लागेर अल्झिन पुग्न गएमा पनी फेरी त्यही ढुंग्गाको बजनले त्यो बादा पन्झी कहा गुड्क्न्छ थाहा हुन्न। जब समतल सम्म आउदैन, त्यो गुल्टि रहन्छ। निकै अग्लो भिरबाट मैदानको अनुमान लगौन कठिन हुन्छ, स्वयम ढुंग्गा नै फुटेर बलुवा हुन्छ भने त हामीलाई थाहा भएको भु-प्रणालीको सुत्र अध्ययन गर्दा।यस्तो यस्तै छन् हामी सबैको जिवनको सुत्र। यहा त नेतृत्वको मतलव, एक्का सक्ति या उच्च दर्जा या एक्का बिद्दको सिद्धान्त सफल हुन्छ जस्तो लाग्दैन।अब यस्तो सुत्र बनौनु पर्छ जुन स्वचलायमान होस र आफु पनी त्यही चलायमानको पात्र हुनुपर्छ। केवल पात्र नेतृत्वकर्ता होईन। यो डिजाईन पुरानो भयो।


हामी सँग लगभग स्वचलायमानका सुत्र त काफ़ी होलान हामीलाई अब समाज दर्शनका खातिर जैविक बिज्ञानले जसरी डोर्याउछ त्यसरी नै डोहोरिनु पर्छ भन्ने छैन। धेरै प्राकृतिक युद्द लडिसक्यौ। भूकम्प,महामारी, रोग र अन्य धेरै प्राण घातक सँग यो सबै प्राकृतिक बिपरित मानव बचाउको सुत्र त हुन नी। हामी यती बुद्दीजिवी भई सक्यो प्रकुतिलाई केही हद नियन्त्रणमा ल्याई समय लम्बाई सक्यौ।अब त हामीले हिजो गर्दै आएका केही समाजिक भनी या केही बैज्ञानिक भनी त्यो त्याग्ने मानसिक्तामा पनी पुगी सक्यौ। हामीले त्यो ब्यवहार भन्दा प्राबिधिक ब्यवहार भित्राउन लागीराछौ।ब्यवहार के भन्नु पृथ्वी बसाई सराई गर्न लागिसक्यौ। तर हामीलाई प्रकृती भन्दा नेतृत्व सिर्जित प्रणाली प्राण घातक छ केवल मानिस अनेक किसिमको बुद्दीमती भएको जिव हो जुन यो प्रणाली टालाटुली बटुली गर्दै मानव अस्तित्वको ख़ात्मा हुनेछ।


यहाँ बिभाजन र भु-चक्रको नियमको उलंघन हुनु उपरान्त केही पाईदैन। न त यस प्रणालीमा जाहेज नाजाहेज निर्क्षण हुन्छन् नत कोही जोखिम उठौनेलाई नोक्सानी। यानी आफ्नो कामको परिणाममा क्ष्यती मतको हुन्छ नेतृत्व गर्नेको खासै हुदैन। यही नेतृत्व गर्ने ब्यक्ती चाही सबै भन्दा आधुनिक बिद्दवान दिमाखको बिकाश भएको जस्तै महुरीको बथानमा रानी कसरी नेतृत्व गर्ने र सबै मिलेका देखिन्छन् तर मानिस सबै बुद्दी भएको जिव हो र को भन्दा को कम, र कम छैनन् पनी। त्यही कारण स्वचालन प्रणाली नभित्री नेतृत्वलाई बौद्दीक बिभाजन र फेरी बौद्दीक भिभाजको संसकारले त्यही नेतृत्वको अभ्यास गरौन पटी फुटाउन नै तम्सिन्छन् । स्वतन्त्र नेतृत्वबाट कदापी हुदैन स्वचलायमान बाट हुन्छ। कुनै पनी समाजिक समस्याको मुद्द कुनै एक ब्यक्तिले लिएर हुदैन। समस्या छन्, म छैन भन्दिन, केवल हल चाही हुन्न भन्न खौज्या हो। अधिकारको नाउमा सबैलाई रहन शहन गर्नु, अ-आफ्नो जात र धर्म मान्नु भनी बिदानमा त मिलिजुली पानाहरु छन तर ब्यक्तिहरुलाई अ-आफ्नो समाज भनी छुट्टाछुट्टै बसाएका छन्। यो जात, धर्म बस्ने ठाउ भनी। माग्नेले पनी त्यसरी माँगेका छन्। छदा छदा नेतृत्व गर्ने प्रधान पनी आफ्नै जात धर्मको हुनुपर्छ भनी। नेतृत्व त्यसैले गर्छ जो जाहेज नाजाहेज आफ्नो लाई अगाडी बडौछ तर खै! पक्षपात अनत्य भएको? भिभाजन अनत्य भएको? यो प्रणाली बाट अनत्य होला र? सोच्नुस अझै यसै प्रणालीबाट तर मानव बिज्ञान, भुगोल त हेर्नुस! कहा सम्भव छ नेतृत्वबाट समाज बिकाष। यो त यस्तो लहरा हो नेतृत्व गर्ने, र गर्ने नै अनत्यमा लडिबुडी गर्ने शब्द हो, परिभाषा हो र बिभाजन को जड़ चाही को बौद्दीक, चाहे शक्तिशाली प्रदर्शनी गर्न नै होस। म यो मान्छु, समाज सन्तुष्ट बनौन सकिन्न अनी रोकथाम गर्न नेतृत्वको खाँचो पर्छ तर त्यसले नेतृत्वको अभावको औचित्य प्रदान गर्दैन। यसरी हरेक अलग चित्त बुझाउदै नेतृत्वहरु केवल एउटा नेतृत्व माथी खुट्टा राखी खुट्किला बनौनुको अर्थ बाहेक अन्य अर्थ लाग्ला र? नेतृत्व शब्द ब्यवसायमा, ब्यापारमा सुन्दा खेरी जाहेज लाग्ला पनी तर समाजिक बिकास र राजनैतिकमा त यो नांग्गो नाचको प्रदर्शनी र हामी त्यस चटक हेरी मुल्य चुकौने तल्लो दर्जी। “नेतृत्व” पद्दति अहिलेसम्म पुरानो हुनु पर्ने, बर्तमान मुद्दाहरूको क्रमबद्ध गर्नका लागि। हामी डिजिटल संसारमा छौं। संसार चलाउनका लागि केहि स्वचालित एल्गोरिथ्म (कलन बिधी) प्रणाली ल्याउनुहोस्। यसले प्रत्येक व्यक्तिहरूको औचित्य प्रमाणित गर्दछ।

अमृत भण्डारी