मेरो कालापानी ।

जेष्ठ १६,

एकाअपसमा जब लड्छन , पार्टी – पार्टीहरु
फाईदा लिन खोज्दारैछन , छिमेकी र अरु
कोहि सांसद यै देशको , बिरुद्धमा बोल्ने
छिमेकीलाई कैलेहोला , हाम्रा पापले पोल्ने ।

लिपुलेक कालापानी , कोहिलाई चाहिन्छ रे
नेपालीको सगरमाथा , लान पाईन्छ रे
लिम्पियाधुरा किनहोला , लिन खोजेको छ
चाइना संग लड्न कालापानी , रोजेको छ ।

ध्यानै दिन छाडेछन् कि , पहिलेको कुरा
सामन्तीका सामु डरे , बिचरा बबुरा
बल्ल ऐले पूरा नक्सा , निकालेर दिए
झिनो आसा गर्छन् कि त , जनताले लिए ।

निदाएका छैनन् जन्ता , देशको माया कति
अब भने नेताजीले , नबिगार मति
कठिन छ अझै बाटो , डरले काम्नु हुन्न
दुष्ट ब्वाँसो हो छिमेकी , सक्छ जाल बुन्न ।

प्रमाणहरु जम्मागर , पोको फुकाई देऊ
सबै प्रमण पु-याएर , आँफ्नो जमीन लेऊ
सहमति गर उस्का , सैनिक धपाएर
वहादुरी देखाऊ आँफ्ना , सैनिक बसाएर ।

जसैपनी हाम्रो जमिन , छाड्न हुन्न ऐले
अब पनि न कस्सिए , कस्सिने हो कैले
संयुक्तराष्ट्रसंघ छ हाम्रो , निया निसाफ दिन
अबपनी अघि बढ्न , डराउँने किन ?

तीन करोड नेपाली छन् , तिम्रा पछि लाग्ने
बल नपुगे अरु देशको , सहयोग पनि माग्ने
उहि जस्तो सबै देश , देखिदैनन् दुष्ट
दुष्ट देखी सबै देश , भएमा छन रुष्ट ।

नन्दलाल बराल
पोखरा २२