नेपालमा काेराेना संक्रमितकाे संख्या १२ सय १२ पुग्याे , ६ जनाकाे मृत्यु ।

जेष्ठ १६,

आज शुक्रवार नयाँ संक्रमित १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । जसमध्ये महिला १ सय ९ र पुरुष १ हजार १ सय ३ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।

आज संक्रमित पुष्टि हुनेमा झापाका २८ जना, सप्तरीका ४, पर्साका ५, बाराका ४, म्याग्दीका १, बाँकेका १०, नवलपुरका २, रौतहटका ५६, सर्लाहीका ५, कपिलबस्तुका ५१, रुपन्देहीका १, र दाङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत जेठ १० गते अर्घाखाँची भुमिकास्थानका एक जनाको मृत्यु भएपश्चात भएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।