बिहीबार मात्र १ सय ५६ जनामा कोरोना पुष्टि ।

जेष्ठ १५, नेपालमा १५६ कोरोना भाइरसका संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएको उनले बताए ।

हाल संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ । संक्रमित पुरुष ९ सय ४० जना र महिला १ सय २ जना रहेका छन । काेराेनालाई जितेर घर फर्किनेकाे संख्या १ सय ८७ रहेकाे छ जसमध्ये १ सय ४४ जना पुरुष र ४३ जना महिला रहेका छन । अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।